काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
नेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो ।
शेर्पा २०७० संविधान सभाको निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए । शेर्पा प्रहरीको हिरासतमा रहेका केशव दुलाल र सानुभण्डारीलाई भेट्न पुगेको बुझिएको छ।