निर्वाचन आयोगले ३० दलसँग माग्यो स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

निर्वाचन आयोगले ३० दलसँग माग्यो स्पष्टिकरण

nirbachan aayog

काठमाडौं, २९ वैशाख । निर्वाचन आयोगले केही राजनीतिक दलहरुसँग स्पष्टीकरण लिने भएको छ । आज एक सूचना जारी गर्दै आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दललाई स्पष्टीकरण सोध्ने उल्लेख गरेको छ ।

आयोगले लेखा परीक्षण प्रतिवेदन तोकिएको समयभित्र पेस नगर्ने ९ राजनीतिक दल, सो अवधिको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने १६ दलहरुलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
लगातार दुई २०७७/७८ र ०७८/७९ को प्रतिवेदन नबुझाउनेमा मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक छन्।

यसैगरी, समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउनेमा संसदमा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति, नेपाल समाजवादी,बहुजन एकता पार्टी, नेपाल आमा पार्टी, नेपाली ग्रिन्स पार्टी, नेपाल आमा पार्टी, नेपालवाद, त्रिमुल पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल छन्। त्यसैगरी, ०७८/७९ को लेखा प्रतिवेदन नबुझाउनेमा गान्धीवादी,नेपाल नौलो जनवादी पार्टीलगायत १६ दलको नाम आयोगले सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply