काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले लडाकुको नाममा आफैले पैसा राख्न खोजेको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले लडाकु शिविरमा भएको हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्ने बताए ।
माओवादीले एकलौटी निर्णय गरेर पूर्वलडाकुलाई पैसा दिन लागेको उनको आरोप थियो । ‘बहिर्गमित लडाकु, क–कसलाई भनेर फेरी २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ, १ लाख ५० हाजर कार्यकर्तालाई दिने अनि बाँकी आफै लिने। लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो।’–उनले भने ।




