इमरान खान पक्राउपछि देशभर हिंसा भड्कियो,६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

इमरान खान पक्राउपछि देशभर हिंसा भड्कियो,६ जनाको मृत्यु

एजेन्सी, २७ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसा जारी छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले पेशावर, इस्लामावादलगायत धेरै शहरहरूमा आगजनी र तोडफोड गरिरहेका छन्। अहिलेसम्म ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यसैबीच एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानका पूर्व गभर्नर तथा पीटीआई नेता ओमर चीमालाई पनि पक्राउ गरिएको छ । कार्यकर्ताहरूले राति अबेर राती रावलपिन्डीस्थित सेनाको मुख्यालयमा तोडफोड गरेका थिए । लाहोरमा गभर्नर हाउस, आर्मी कमाण्डरको घर जलाइयो र धेरै सेना अधिकारीको घरमा आक्रमण भयो । यस्तै घटना कराँचीको क्यान्ट क्षेत्रमा पनि भएको छ । पाकिस्तानी अखबार डनका अनुसार हिंसाका कारण पाकिस्तानभर इन्टरनेट बन्द गरिएको छ । देशमा निजी विद्यालयहरू पनि बन्द रहनेछन् । राजधानी इस्लामावाद, पञ्जाब प्रान्त र पेशावरमा धारा १४४ लगाइएको छ।

मंगलबार पक्राउ परेका इमरान खानलाई आज अदालतमा पेश गरिनेछ । उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो । त्यसपछि खानलाई सोधपुछका लागि रावलपिंडीस्थित एनएबी मुख्यालयमा सारिएको थियो । पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा ल्याइने छैन । बरु, सुनुवाई इस्लामाबाद प्रहरी मुख्यालयमा हुनेछ। पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ ।

पाकिस्तानी रेंजर्सले इमरान खानलाई इस्लामावाद उच्च अदालतबाट मंगलबार पक्राउ गरेको हो । इमरान दुई मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए, जहाँ पाकिस्तानी रेन्जर्सले उनलाई पक्राउ गरेका थिए। इमरान आगामी ४–५ दिनसम्म अनुसन्धान एजेन्सी एनएबीको हिरासतमा रहनेछन् । यो गिरफ्तारी अल कादिर विश्वविद्यालय घोटाला मामिलामा गरिएको हो । उनीमाथि करोडौं रुपैयाँ घोटाला र सम्पत्ति शुद्धीकरणको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);