काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यो उपनिर्वाचन मात्रै नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल रहेको बताउनु भएको छ । आज चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै नेता सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको लोकतन्त्रवादीहरुको जित हुने बताउनु भएको हो ।
जनताले आबेगमा नभै बिबेकले मतदान गर्नेमा आफू बिस्वस्त रहेको भन्दै सधै सुखदुखमा उभिने सबैको घर आगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु भनेको राजनीति प्रतिको सम्मानसमेत हुने उनको भनाइ थियो ।
नेता सिंहले गठबन्धनको साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्ब स्वीकार्य उम्मेदवार रहेको बताउदै चितवनको बिकास र सम्बृदिका लागि यस पटक उनलाई जिताउन अपिल समेत गरे । अहिले संविधान र ब्यवस्था प्रति समेत प्रश्न चिन्ह खडा भएकाले काम गरेर जनतालाई चित्त बुझाउनु पर्ने जिम्मेवारी राजनीतिक दलहरु कै भयकाले जिम्मेवार राजनीति दलप्रति बिस्वास गर्न समेत गर्न आग्रह गरे । निरासाका बिचमा आसा जगाँउदै जनजिवन सहज होस भन्ने जन चाहान पूरा गर्न सरकार लाग्नु पर्ने समेत नेता सिंहको भनाई थियो । नेता सिंहले राजनीति सजिलो बिषय नभएको समेत बताए ।