अफ्रिकामा आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

अफ्रिकामा आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया

एजेन्सी । वैज्ञानिकहरूले अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर बाँकी विश्वभन्दा दुई गुणाले बढी रहेको बताएका छन् । त्यस्ता बिरामीहरू अन्यत्रभन्दा औसतमा कम उमेरका र स्वस्थ हुने गरेको उनीहरूको भनाइ छ।

पच्चीसभन्दा बढी देशमा गरिएको सर्वेक्षणमा शल्यक्रियापछिको कमजोर निगरानी, अस्पतालमा पूर्वाधारको कमी र मुख्य गरी तालिम प्राप्त जनशक्तिको चरम अभावले यस्तो परिणाम दिइरहेको जनाइएको छ।

तर अनुसन्धानकर्ताहरूले शल्यक्रियालाई लिएर अफ्रिकीहरूले देखाउने अनिच्छा चिन्ताजनक तहमा रहेको जनाएका छन्। उनीहरूले आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया अफ्रिकामा हुने गरेको पत्ता लगाएका छन्।

अफ्रिकामा अहिलेसम्म गरिएको सबैभन्दा बृहद् स्तरको यसखालको अध्ययनको परिणाम ‘द लान्सेट’ नामक मेडिकल जर्नलमा छापिएको थियो।

ताजा समाचार