राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं, २० पुष । राष्ट्रियसभा निर्वाचन तथा प्रदेश प्रमुख नियुक्तिका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् ।

दलीय बिबादले प्रदेश प्रमुख नियुक्त हुन नसकिरहेकाबेला राष्ट्रपतिले आयोग पदाधिकारीसँग छलफल गरेकी हुन् । प्रदेशसभा निर्वाचनको परिणाम आएको सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएपनि दलीय बिबादले प्रदेश प्रमुख नियुक्त हुन सकेको छैन । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनको विषयमा पनि चासो व्यक्त गरेकी छिन् ।

आयोगले राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको तयारी भइरहेको जानकारी गराएको छ । राष्ट्रपतिलाई भेट्न प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादव सहितको टोलि शितल निवास पुगेका थिए ।