काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मेयर बालेनको सिंहरदरबार परिसर भित्रको फोहोर नउठाउने निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।