एसीसी प्रिमियर कप हेर्न २ सयको टिकट लाग्ने, मुलपानिमा भने निशुल्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एसीसी प्रिमियर कप हेर्न २ सयको टिकट लाग्ने, मुलपानिमा भने निशुल्क

काठमाडौं । एसिसी प्रिमियर कपमा दर्शकका लागि टिकट मूल्य निर्धारण गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार देखीसुरु हुने एसिसी प्रिमियर कपको लागि टिकट मूल्य निर्धारण गरेको हो ।

टियु मैदानमा हुने खेल हेर्न २ सय रुपैयाँको टिकट मूल्य रोखिएको क्यानले जनाएको छ । तर, माइ पेबाट टिकट खरिद गरेमा भने १ सय ५० रुपैयाँमै टिकट पाइने जनाइएको छ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल भने निशुल्क हेर्न पाइने क्यानले जनाएको छ । एसीसी प्रिमियर कपको उट्घाटन खेलमा भोली मंगलबार नेपाल र मलेसिया भिड्दै छन् ।

नेपाल र मलेसियाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहान साढे नौ बजेबाट सुरु हुनेछ । प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);