काठमाडौं, ४ वैशाख । आज संक्रमणकालीन न्याय सम्बन्धि विधेयकबारे तीन शीर्ष नेताहरुबीच छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकेट जाँदैछन् ।
ओली अस्वस्थ रहेका कारण उनकै निवासमा जाने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
साथै ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने कार्यक्रम रहेको बताइएको छ ।




