सडकपेटीमा निर्माण सामग्री राखे जुनसुकै बेला उठाउने महानगरको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

सडकपेटीमा निर्माण सामग्री राखे जुनसुकै बेला उठाउने महानगरको चेतावनी

ktm mahanagarpalika

काठमाडौं, ४ वैशाख । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै निर्माण सामग्री सडकपेटीमा यत्रतत्र राखेमा जुनसुकै बेला उठाउने पनि चेतावनी दिएको हो । निर्माण स्थलमा संकेत अनिवार्य रुपमा राख्नुपर्नेछ ।

सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन र भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीनस्थल संकेत गर्नसमेत महानगरको अनुरोध छ ।

नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन र सडक वा सडक पेटीको सरसफाइ गरिदिन पनि महानगरले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);