विकल पौडेलमाथि ६९ करोडको भ्रष्टाचार मुद्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

विकल पौडेलमाथि ६९ करोडको भ्रष्टाचार मुद्या

काठमाडौं, ३ वैशाख । २०८० साल विकल पौडेलका लागि शुभ रहेन । देशको प्राविधिक क्षेत्रमा व्यापक चलखेल गर्दै आएका पौडेल अन्तत अख्तियार दुरुपयोग अनुसन्धानको फन्दामा परेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विकलले राज्यकोषमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ नोक्सान गरेको ठहर सहित मुद्या दायर भएको छ । यो घटनामा थप ८ जना पनि अख्तियारको फन्दामा परेका छन् ।

विकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक छन् । उनीसहित सीडीई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न मेपटेक विल्डिंग सर्भिसेस, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स पनि अख्तियारको फन्दामा परेका छन् ।

विकलमाथि इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि हटाउन चलखेल गरी ठूलो अनियमितता गरेको विषय पनि उठ्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);