भारतका पूर्वसांसद अतिक अहमद र भाईको सुरक्षा घेरा तोड्दै यसरी भयो हत्या (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

भारतका पूर्वसांसद अतिक अहमद र भाईको सुरक्षा घेरा तोड्दै यसरी भयो हत्या (भिडियोसहित)

एजेन्सी, ३ वैशाख । यतिबेला भारतका पूर्वसांसद अतिक अहमदको हत्याको भिडियो भाइरल छ । प्रहरीको सुरक्षा घेरा तोड्दै तीन युवाले अन्धाधुन्दा गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्याको बखत अतिक र भाई असरफ अस्पताल लगिएका थिए । प्रहरी घेराबीच पत्रकारहरुले प्रश्न गर्दै थिए । अतिक उत्तर दिदै थिए । त्यत्तिकै बेला पत्रकारको भेषमा पुरानो क्यामरा लिएर पसेका तीन युवाले अन्धाधुन्दा गोली प्रहार गरे ।

घटनास्थलमै दुवैको मृत्यु भयो । हत्यामा संलग्नहरु लोभेश तिवारी, अरुण मौर्य र सन्नी भएको खुलेको छ ।

तीन दिनअघि मात्र अतिकका छोरासहित उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनीहरुमाथि दर्जनौं हत्या र आपराधिक घटनाको आरोप थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);