गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता खतरामा परेसँगै झस्किए प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता खतरामा परेसँगै झस्किए प्रचण्ड

काठमाडौं, १ वैशाख । यतिबेला राजनीतिक अस्थिरता गहिरिएको छ । जनतामा चरम असन्तुष्टि छ । ठिक यही बेलामा पूर्वराजा र उनका पक्षधरहरुको सक्रियता बढेको छ ।
जिम्मेवार भनिएका राजनीतिक दलको गैरजिम्मेवार गतिविधिबाट जनता यति वाक्क भइसकेका छन् कि उनीहरु पुरानै दिनहरु याद गर्न थालेका छन् । जसको फाइदा राजावादीलाई भएको छ । यही बुझेर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८० मा गम्भीर अभिव्यक्ति दिएका छन् त्यो पनि पार्टी केन्द्रीय कार्यालय पुगेर ।

माओवादीका सबै प्रभावशाली नेताहरुलाई नजिक राखेर प्रचण्डले गणतन्त्र उल्टने खतरा औल्याएका छन् । उनले गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतालाई समाप्त पार्ने प्रयास भइरहेको बताएका हुन् ।

संविधानसभाबाट भएको गणतन्त्र घोषणालाई आत्मसाथ गरिएको तर अहिले यसलाई उल्टाउन ठूलै कसरत भइरहेको तर्क गरे । प्रचण्डले भने, संविधानसभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले यसलाई उल्टाउन कसरत ठूलै छ ।

प्रचण्डले २०६५ सालमा घोषणा भएको गणतन्त्रमा आफ्नो मुख्य भूमिका रहेको बताउने गरेका छन् । तर, उनी बेला बेलामा यसमाथि खतरा ल्याउन खोजेको बताउने गर्छन् ।

गणतन्त्र मात्र नभई धर्मनीरपेक्षता र संघीयता नै उल्टने खतरा भइरहेको प्रचण्डले औल्याउने गरेका छन् । पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई नियालिरहेको बताएका थिए ।

प्रचण्ड, माधव नेपाललगायत नेताहरु गणतन्त्र उल्टाउन खोजिएकोतर्फ गम्भीर भइरहेका छन् । यता गणतन्त्रविरोधी पक्षधर भने अझ सक्रिय भइरहेको छ ।

बिहिबार पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामना दिदै राजनीतिक दलका नेताले राजसंस्थालाई कायमै राख्ने विगतको सहमति तोडेको आरोप लगाएका थिए । उनले भद्र सहमति गर्ने तर उल्टाउने नैतिकहीन राजनीतिक चरित्र देखाएको भन्दै दलका नेताहरुको कडा आलोचना गरेका थिए । त्यसको भोलिपल्टै प्रचण्डले राजसंस्थाबारे उल्लेख नगरी गणतन्त्र समाप्त पार्ने प्रयासहरुबारे बोलेका हुन् ।

नेपालमा पछिल्लो समय राजसंस्था पक्षधरहरुको सक्रियता बढेको छ । पूर्वराजा शाहले गत महिना आफूसँग सम्झौता गर्न दलहरुलाई आग्रह गरेका थिए । यसले प्रचण्डलाई झस्काइसकेको छ । उनी आफूलाई गणतन्त्रका संस्थापक जसरी प्रस्तुत गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);