सिंहदरबारले दैनिक पाँच टन फोहोर मात्र निकालेको हो ? | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

सिंहदरबारले दैनिक पाँच टन फोहोर मात्र निकालेको हो ?

काठमाडौं, २८ चैत्र । यतिबेला सिंहदरबारमा फोहोरको दुर्गन्ध फैलन थालेको छ । दैनिक पाँच टन फोहोर निकाल्ने सिंहदरबारले तीन दिनयता फोहोर नउठ्दा १५ टन जम्मा गरिसकेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर नउठाउने भनेपछि यस्तो अवस्था आएको हो । केन्द्र सरकारले आफ्नो महत्वपूर्ण योजनामा साथ नदिएको भन्दै बालेनले पछिल्लो कदम चालेका हुन् ।

पाँच टन फोहोर निकाल्ने सिंहदरबार देशको प्रशासनिक केन्द्र हो । स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रालय त्यही भित्र छन् । यसबाहेक सुरक्षा निकाय पनि ठूलो संख्यमा रहन्छन् ।

सिंहदरबारले देशलाई शासन मात्र गर्यो कि जनताको समस्या समाधानमा जिम्मेवार पनि भयो । यो गम्भीर विश्लेषणको विषय बनेको छ ।

आफूलाई शासक र अरुलाई शासित ठान्नेहरु सिंहदरबारमा हावी भएमा जनताको काम केही बन्न सक्दैनन् । त्यही भएको छ सिंहदरबारमा । जसका कारण जनताको असन्तुष्टि सधै सिंहदरबारप्रति तेर्सिने गर्छ ।

सिंहदरबारमा शासन गर्नेहरु जनउत्तरदायी भइदिए मात्र पनि सर्वसाधारणको समस्या धेरै हदसम्म समाधान हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);