विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो आएको छ, यो दण्डनीय हो : बालेन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो आएको छ, यो दण्डनीय हो : बालेन

काठमाडौं, २६ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो आएको बताएका छन् । आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै विद्यालयले पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराउन नहुने साहले तर्क गरेका छन् ।

पटक–पटक गुनासो आइरहेको भन्दै साहले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९, अनुसार दण्डनीय भएको समेत स्मरण गराएका छन् । सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन समेत निर्देशन दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);