उपननिर्वाचनमना आचारसंहीता उल्लंघन गर्नेलाई कडा कारबाहि गरिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

उपननिर्वाचनमना आचारसंहीता उल्लंघन गर्नेलाई कडा कारबाहि गरिने

काठमाडौं । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

उहाँले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने बताउनु भयो । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताउनु भयो ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहीता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहीता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहीता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);