विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन सरकारलाई सुझाव

काठमाडौं । नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन नेपाल सरकारलाई सुझाव दिनु भएको छ ।

विदेशी पूँजी, प्रविधि र सिप भित्र्याउनका लागि नेपाल सरकारले सम्बन्धित देशसँग सन्धि सम्झौंता गर्नुपर्ने भएकाले त्यसका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले विदेशी लगानीलाई संरक्षण गर्नका लागि पनि सम्बन्धित देशहरुबीच सन्धि सम्झौंता गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले नेपाल सरकारलाई बाह्य मुलुकसँग सन्धि सम्झौंता गर्दा फसिन्छ भन्ने सोचाई नराख्न पनि ध्यानाकर्षण गराउनु भयो । भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणमा सबै भन्दा बढि जोड सन्धि सम्झौंतालाई दिने गरेको उल्लेख गर्दै त्यसबाट नेपालका प्रधानमन्त्री र मन्त्रीहरुले पनि सिक्नुपर्ने पौडेलले बताउनु भयो । उहाँले विदेशी पूँजी, प्रविधि र सिप भित्र्याएर मुलुकको हितमा काम गर्न पनि सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो ।

पूर्वअध्यक्ष पौडेलले भारतसँग गरिएको सन् १९५० को सन्धि पुरारावलोकन गर्नका लागि राष्ट्रिय सहमती गरेर अघि बढन पनि सरकार लाग्नुपर्ने जरुरी रहेको बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर अन्तराष्ट्रिय सन्धि सम्झौंताहरु अघि बढाउन सरकारलाई सचेत गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);