काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भउको बताउनुभएको हो । उहाँले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताउनु भयो ।
उहाँले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताउनु भयो । सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘मिटरव्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो । राज्यले नै ३ थरिको व्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ । मिटरब्याजको जड साहु होइन सरकार हो । सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिवलाई झन गरिव बनाएर शासन गर्न खोजेको हो । गरिवी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो । कहिले पनि शिक्षाको विकास गर्दैन । गरिवको चिन्ता गर्दैन ।’