काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका हन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् । आगामी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने पक्का भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा कुशवाहले आफूलाई माओवादी पार्टीभित्र सधैं अन्याय गरिएको समेत गुनासो पोखेका थिए ।
कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए भने ०७९ को मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।