काठमाडौं, १२ चैत्र । नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । डा.भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।
अध्यक्ष माधव नेपालले प्रचण्ड सरकारमा डा.भुसालको नेतृत्वमा पठाउन लागेका स्रोतले जनाएको छ । भुसाल एसका संस्थापक महासचिव थिए पछि सो पद घनश्याम भुसालको लागि त्यागेका थिए ।
नेपाल नेतृत्वको सो पार्टीमा उनीसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक सबै मन्त्रीको दाबेदार छन् । भुसालसहित नेताहरु प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने एसले तयारी गरेको बुझिएको छ ।