काठमाडौं, १० चैत्र । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ ।
साक्षरता दर पुरुषको भन्दा महिलाको १४.२ प्रतिशत कम छ ।
आज सार्वजनिक भएको प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ भने पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।