आज मतदाता नामावली टुंगो लाग्दै, एक करोड ४० लाख नयाँ मतदाता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आज मतदाता नामावली टुंगो लाग्दै, एक करोड ४० लाख नयाँ मतदाता

स्थानीय तहको चुनावका लागि मतदाता नामावली आज टुंगो लाग्ने, स्थानीय तहका लागि एक करोड ४० लाख मतदाता हुने अनुमान

आज मतदाता नामावली टुंगो लाग्दै

काठमाडौं । स्थानीय तहको चुनावका लागि मतदाता नामावली आज टुंगो लाग्दैछ । 

मतदाता नामावली अध्यावधकि गर्ने काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आजै बेलुकासम्ममा नामावलीको अन्तिम टुंगो लाग्ने छ । १ करोड ४० लाखको हाराहारीमा मतदाता हुने अनुमान गरिएको छ ।

मतदाता नामावलीको काम टुंगिनासाथ मतदाता छपाइको काम सुरु हुनेछ । आयोगको कार्यालयमै मतदाता परिचयपत्र छपाइ गरिने छ । सोमबारदेखि मतदाता परिचयपत्र छाप्नेगरी प्रिन्टिङ सेटअपको काम भइसकेको छ ।

यस्तै आयोगले मतदान केन्द्रको संख्या निर्धारण पनि लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश नम्बर २ बाट केन्द्र सिफारिस नभएकाले त्यहाँका ६ जिल्लामा के गर्ने भन्ने टुंगो लाग्नासाथ मतदान केन्द्र निर्धारण हुनेछ ।

यसबारेमा आयोगले निर्णय गर्न बाँकी रहेको प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले दुई नम्बर प्रदेशका ६ जिल्लामा पुरानै निर्वाचन केन्द्र निर्धारण गर्ने तयारी गरिरहेको छ । बारा र पर्साबाट भने मतदान केन्द्रको सफारिस आइसकेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);