काठमाडौं, १८ पुस।करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी एफडीआई को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुने भएका छन् ।
करिब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृति पाएको नाइजेरियाको डांगोटे सिमेन्ट र ४० अर्ब स्वीकृति लिएको भारतको रिलायन्स सिमेन्टबीचमै फर्किने भएका हुन् ।
डांगोटेले सिमेन्ट उत्पादनका लागि खानी नपाएको र रिलायन्सले ‘ब्रान्ड नेम’ नपाएपछि चासो देखाउन छाडेको हो ।
‘रिलायन्स हाम्रो सम्पर्कमै छैन । हामीले लेखेको पत्रको समेत वास्ता गरेको छैन,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ महाप्रसाद अधिकारीले भने, ‘डांगोटेले तीन ठाउँमा खानीका लागि प्रतिस्पर्धा गरेको थियो तर पाएन । उसले पनि लगानी गर्ने सम्भावना कम छ ।’ आजको कान्तिपुरमा यो खबर छ ।