काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले आज युएईको सामना गर्दैछ । पाहुना टोली युएईसँगको खेल आज बिहान साढे ९ बजेबाट कीतिपुरमा शुरु हुनेछ ।
२०१९ बाट शुरु विश्वकप लिग टु सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनामा रहेको छ । यही त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी जित हाँसिल गरेको थियो । नेपाल आज पनि त्यही लय दोहोर्याउने लक्ष्यमा रहेको छ ।
नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।




