कार्यसम्पादनमा एकरुपता ल्याउन काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

कार्यसम्पादनमा एकरुपता ल्याउन काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन

काठमाडौं, १ चैत्र । काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन गरिएको छ । बालाजुस्थित बाइसधाराको सभाकक्षमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सभाले उपप्रमुखहरुको सञ्जाल गठन भएको हो ।

उपप्रमुख उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामनाका लागि साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको उपमेयर डंगोलले विज्ञप्तिमार्फत जनाएकी छन् ।

सञ्जालले सामूहिक प्रयत्नमा क्षमता विकास र कानूनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ । एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्यसम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने डंगोलले विश्वास लिएकी छिन् ।

Leave a Reply

ताजा समाचार