स्थायी रुपमै सरकार र पार्टीको नेतृत्व पाँच वर्ष गर्ने : अग्निप्रसाद सापकोटा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

स्थायी रुपमै सरकार र पार्टीको नेतृत्व पाँच वर्ष गर्ने : अग्निप्रसाद सापकोटा

नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने बताएका छन ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा नेता सापकोटाले बाहिर चर्चामा आएजस्तो आलोपालो नभई दुई शीर्ष नेताले सरकार पार्टीको नेतृत्व लगातार पाँच वर्ष गर्ने प्रस्ट पारेका छन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि सरकार सञ्चालनका लागि आलोपालो गर्ने सहमति भएको खुलासा गरेका थिए । नेता सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने पनि बताए । जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले देउवाले राजीनामाका लागि कुर्नु नपर्ने उनको भनाइ छ । अब बन्ने सरकारले अहिले भइरहेको भ्रष्टाचारको एक–एक हिसाब खोज्ने नेता सापकोटाको भनाइ छ ।

राष्ट्रपतिले राष्ट्रियसभा विधेयक पारित गरिसकेकाले अब निर्वाचन आयोगले फास्ट ट्रयाकबाट भए पनि तत्काल राष्ट्रियसभा गठनका लागि निर्वाचन गराउन पहल गर्नुपर्ने नेता सापकोटाको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);