आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

बागलुङ । आफ्नै श्रीमती ३५ वर्षीया राधा नेपालीको हत्या गरेको अभियोगमा जैमिनी नगरपालिका-२ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा खन्दै गरेको बाउसोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुस्मीसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply