भैरहवालाई एक रनले पराजित गर्दै विराटनगरले जित्यो इपिएल क्रिकेटको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

भैरहवालाई एक रनले पराजित गर्दै विराटनगरले जित्यो इपिएल क्रिकेटको उपाधि

काठमाडाैं, १५ पुस । भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको रोमाञ्चक खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमा समेटियो ।

भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिएपछि विराटनगर १ रनले विजयी भयो । उपाधिसँगै विराटनगरले २१ लाख रुपैया प्राप्त गरेको छ ।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले ५२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै प्रथम शालुन्केले ३० रन जोड्दा आरिफ शेखले २७ रन जोडे ।

विराटनगरका लागि कप्तान पारस खड्काले ३ तथा करण केसी र अनिलले समान २ – २ विकेट लिए । विराटनगरको लागि बलर अंशुमन रथले खराब बलिङ गरे । हङकङका रथले विना विकेट सातौं ओभर ३७ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर अंशुमन रथले ४१ तथा कप्तान पारस खड्काले २७ रन जोडे ।

त्यस्तै अनिल कुमार साहले २२, प्रनित थापा मगरले १४ तथा बाबर हायातले ११ रन बनाए । भैरहवाका हरीशंकर साह र कृष्ण कार्कीले समान २ – २ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);