चीन र अमेरिकाको पनि चल्न थाल्यो यस्तो झगडा | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

चीन र अमेरिकाको पनि चल्न थाल्यो यस्तो झगडा

us-china

एजेन्सी । चीनले उत्तर कोरियालाई गोप्या रुपमा तेल दिएको विषयालाई लिएर चीन र अमेरीकाको झगाडा पर्न थालेको छ । उत्तर कोरियामा अवैध रुपले तेल आपूर्तिमा संलग्न भएको शंकामा गत महिना पानीजहाजलाई कब्जामा लिएको बताएपछि त्यसले तीव्र आरोप प्रत्यारोप भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेर चीनको आलोचना गरेका थिए । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले उत्तर कोरियालाई अवैध रुपमा तेल आपूर्ति गराउन आफूले दिएको भन्ने आरोपको कडा शब्दमा खण्डन गरेकी छन्।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले निकै कडा प्रतिबन्धहरु लगाएको छ। सो घटनालाई सोलले सार्वजनिक गरे लगत्तै अमेरिकी राष्ट्रपतिले  बेइजिंगको आलोचना गरेका थिए। तर चीनले त्यस्तो आरोपलाई ठाडै अस्वीकार गरेको छ।

उत्तर कोरियामा अवैध रुपमा तेल निर्यात गर्ने कार्यलाई आफूले स्वीकृति दिएका भन्ने विवरणहरुको उसले कडा शब्दमा अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ता हुआ चुनयिंगले प्रश्नको घेराभित्र रहेको सो पानीजहाज गत अगस्ट महिना यता चिनियाँ बन्दरगाहमा आएर नरोकिएको बताइन्।

उनको सो भनाइ अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीटमार्फत चीन रंगे हात पक्राउ परेको भन्ने शैलीमा आलोचना गरेपछि आएको हो। त्यसको जोडदार खण्डन गर्दै चिनीयाँ विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, ‘हामी कहिलेपनि चिनियाँ नागरिक तथा कम्पनीहरुलाई सुरक्षा परिषदको प्रस्ताव विपरित हुने कार्य गर्न दिंदैनौं। यो विषयमा पनि यदि अनुसन्धानबाट त्यस्तो कार्य भएको देखियो भने चीनले नियम कानुन कानून बमोजिम गम्भीर कारवाही गर्नेछ।’

गत हप्ता बेइजिङले उत्तर कोरियाको पेट्रोल आयात ९० प्रतिशतसम्मले कटौती गर्नेसम्बन्धी अमेरिकाले तयार पारेको राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गरेको थियो।