काठमाडौं । पूर्व सांसद गंगा थारुले जनताको आँखामा छारो हाल्ने राष्ट्रिय सहमतिको नाटक मञ्चन भईरहेको टिप्पणी गरेकी छन् ।
राष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने भन्नेबारे दलहरुबीच रस्साकस्सी चलिरहेका बेला थारुले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेकी हुन् ।
राष्ट्रपतिमा महन्त ठाकुरको नाम सुन्नमा आएको भन्दै उनले भनेकी छन्– यो सत्य समाचार हो भने महन्त ठाकुरलाई किन ? जनताको आखामा छारो हाल्ने राष्ट्रिय सहमतिको नाटक मञ्चन गरि रहनु पर्यो सिधै विदेशीको इशारामा बिहारको लालु यादवलाई राष्ट्रपति बनाई दिए कसो हुन्थ्यो ?