माधव नेपाल राष्ट्रपति नबन्ने मुडमा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

माधव नेपाल राष्ट्रपति नबन्ने मुडमा

काठमाडौं, १० फागुन । ‘हामी मिल्नुको विकल्प छैन, हामी मिले सबैभन्दा ठूलो दल भएर एमाले शक्तिशाली दलका रुपमा बढ्छ,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसरी नै इतिहास, वर्तमान र भविष्यको विश्लेषण गर्दै साँढे ३ घन्टा आफ्ना कुरा राखे । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि बोले तर उनले जम्मा आधा घन्टा मात्र आफ्ना कुरा राख्न पाए । सोमबार ओली र नेपालबीच महाराजगञ्जमा भएको वार्ता निकै लामो भयो तर निष्कर्षमा भने पुग्न सकेन ।

माधव नेपालले ओलीसँग निकै दरिलोसँग कुरा गरेको बुझिएको छ । लामो समय ओलीसँग काम गरेको अनुभवका आधारमा उनले ओलीको कुरा पत्याइनहालेको बुझिएको छ । नेपालनिकट नेकपा एसका उपमहासचिव डा. गंगालाल तुलाधरले ओलीलाई विश्वास गरिहाल्न नहुने बताए । उनले माउण्टेन टेलिभिजनको आजको सन्दर्भमा भने, ‘ओलीलाई कसरी विश्वास गर्ने ?’

ओलीले माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपनि सुवास नेम्वाङको पनि नाम सार्नुले विश्वास गर्न नसकिने तुलाधरको भनाई छ । नेपाली काँग्रेसलाई चक्मा दिने गरी ओलीले अस्त्र फालेको उनको तर्क थियो ।

ओलीसँग माधव नेपालको भेटलाई तुलाधरले आइसब्रेक भने । तर, त्यसले तत्काल परिणाम ल्याइहाल्ने अवस्था नरहेको उनको भनाई छ ।

माधव नेपाललाई राष्ट्रपतिका लागि ओलीले प्रस्ताव गरेपनि नेकपा एसमा यसबारे छलफल हुँदा हतारिन नहुने कुराकानी भएको छ । यो ओलीको नयाँ राजनीतिक कार्डका रुपमा पनि लिइएको छ । यसकारण पनि ओली र माधव नेपालबीच तत्काल सहमतिको सम्भावना देखिएको छैन । माधव नेपाल पनि राष्ट्रपति बन्न अगाडि बढिहाल्ने मुडमा छैनन् । यसको खुलासा तुलाधरले गरेका छन् । नेकपा एसभित्र माधव नेपाल अहिले नै राष्ट्रपति बन्दा पार्टी नै विघटन हुनेबारे पनि कुरा उठेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);