पशुपतिनाथमा उत्कृष्ट नागाबाबालाई सबैभन्दा बढी ९ हजार दक्षिणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

पशुपतिनाथमा उत्कृष्ट नागाबाबालाई सबैभन्दा बढी ९ हजार दक्षिणा

काठमाडौं, ८ फागुन । पशुपतिनाथमा महाशिवरात्रीका लागि आएका भारतलगायत मुलुकका साधुसन्तको बिदाई भएको छ । पशुपति क्षेत्र विकास कोषले उनीहरुलाई भेटी र रुद्राक्ष मालासहित सोमबार बिदाई गरेको हो ।

पशुपति विकास कोषका कार्यकारी निर्देश घनश्याम खतिवडाले भेटीसहित साधुसन्तलाई बिदाई गरिएको जानकारी दिए । उनीहरुमध्ये उत्कृष्ट नागा बाबाले सबैभन्दा बढी नेपाली रुपैयाँ ९ हजार दक्षिणा पाएको बताए । उनले भने, ‘उत्कृष्टलाई ९ हजार र त्यस अनुसार हेरेर ४ देखि ७ हजार दक्षिणा दिइएको छ ।’

यसवर्ष झण्डै ७ हजार साधुसन्त पशुपतिनाथमा आएको र त्यसमध्ये नागाबाबा २ हजार जति रहेको कोषले जानकारी दिएको छ । उनीहरुलाई गुठी संस्थानले सबैभन्दा बढी दक्षिणा दिने गर्छ । त्यसको ठिक आधा पशुपति विकास कोषले दिने परम्परा पाँच वर्षयता चलिआएको खतिवडाले बताए ।

साधुसन्तहरुले भक्तजनबाट पनि दक्षिणा पाएका छन् । उनीहरुको यसवर्ष उत्साहजनक उपस्थिति रहेको थियो ।

नागाबाबाले महाशिवरात्रीमा आएर फर्किदा ठण्डी पनि सँगै लिएर जाने गरेको जनविश्वास रहने गरेको छ । यसकारण पनि महाशिवरात्रीमा आउने उनीहरु निकै सम्मानित हुन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);