राजनीतिमा दूषित हावा देखिएको छः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

राजनीतिमा दूषित हावा देखिएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ ।

सोमबार पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताउनुभएको हो । मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उहाँले राजनीतिमा दूषित हावा देखिएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य रहेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको भन्दै ठुला पार्टी एक ठाउँ उभिनै नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रपतिमा यही व्यक्ति हुनुपर्छ भन्ने पक्षमा नरहेको भन्दै जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढ्नु पर्ने पक्षमा रहेको बताउनुभयो । यसअघि सोमबारनै पोखरामा पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहलाई संवोधन गर्दै उहाँले संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेको जानकारी दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);