अरु पार्टीलाई कुचो बोक्न सिकायौँः मिलन पाण्डे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

अरु पार्टीलाई कुचो बोक्न सिकायौँः मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताउनुभएको छ ।

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गर्नुभयो ।

उहाँले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताउनु भयो । उहाँले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताउनु भयो ।

नेता पाण्डेले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);