काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आज पार्टी एकताका लागि वार्ता हुने भएको छ । दुवै पार्टीका वार्ता टोली छलफलमा बस्न लागेको हो ।
माओवादी केन्द्रतर्फबाट संयोजक कृष्णबहादुर महराको टोली र नेसपाको तर्फबाट गंगानारायण श्रेष्ठसहितको टोलीबीच वार्ता हुने जनाइएको छ । दुई टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ ।




