काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीले माघ १२ गतेका लागि स्थायी समितिको बैठक बोलाएको हो । आम निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठक पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका विषयमा केन्द्रित हुने बताईएको छ ।
स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकतका लागि कार्यलद समेत बनाएको माओवादीले नेसपासँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।
महाधिवेशन भएको एक वर्ष बितिसक्दा समेत पूर्णता नपाएका विभाग र भातृ संगठनका नेतृत्वबारे समेत निर्णय हुने बताइएको छ ।