काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र संकृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीबीच भेटवार्ता भएको छ ।
राजदुत श्रीवास्तव आज मन्त्रालयमा पुगेर मन्त्री किरातीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकाले थप हवाई प्रवेश मार्गका लागि भारतसँग अनुरोध गरेको मन्त्री किरातीको सचिवालयले जानकारी दिएको छ ।
श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताएका थिए ।