आजको मौसम : तराईमा हुुस्सु,केही स्थानमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आजको मौसम : तराईमा हुुस्सु,केही स्थानमा हिमपात

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली हुने छ । अहिले मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागि रहेको छ।

आज दिउँसा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू–भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);