काठमाडौं । आज सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । आजको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद गठनका लागि छलफल गर्न लागेको स्वकिय सचिव रमेश मल्लले बताए ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन् ।
प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।