शिवमसंग उपहार टन्नको ‘लक्की ड्र’ को नतिजा घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

शिवमसंग उपहार टन्नको ‘लक्की ड्र’ को नतिजा घोषणा

काठमाडौं । शिवम् सिमेन्टको शिवम्संग उपहार टन्न उपहार योजनाको पहिलो चरणको ‘लक्की ड्र’ को नतिजा घोषणा भएको छ ।

मंगलवार शिवम् सिमेन्टले शिवम्सँग उपहार टन्न उपहार योजनाको मासिक लक्की ड्रमा भाग्यशाली उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना बिजेताहरुको नाम सार्वजनिक गरेको हो ।

लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ राजकुमार घिसीङले प्रथम पुरस्कार बापत थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । दोस्रो ४ जोडी विजेताले हेलिटुर र तेस्रो पुरस्कार अन्तर्गत आधा केजी चाँदी र चौथो पुरस्कार ८ जनाले हिराको औठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार लक्की ड्र मार्फत जितेका छन् ।

शिवम् सिमेन्टले मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न’’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सञ्चालन गर्दै आएको छ । छोटो समयमा यस योजनाले सफलता हात पारेकाले शिवम्संग उपहार टन्न योजनामार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी सुन र चाँदी विजेताले शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको शिवम् सिमेन्टका कन्ट्री हेड निखिल अग्रवालले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);