काठमाडौं । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराउनु भएको हो ।
त्यस अवसरमा उहाँले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनु भयो ।
सत्तारुढ दलहरुबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमती भएको छ ।