‘गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्रीलाई विश्वासको मत’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्रीलाई विश्वासको मत’

ramchandra paudel

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताउनुभएको छ ।

विश्वासको मत दिएपछि प्रतिक्रिया दिँदै पौडेलले दुई वर्षअघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि काँग्रेसले विश्वासको मत दिएको प्रतिक्रिया दिनुभयो । संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको भन्दै अहिलेको अवस्थामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र एकता कायम गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।

पौडेलले काँग्रेसले व्यवस्था जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताउनु भयो । त्यस्तै काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफूहरुले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको छ । यता काँगे्रस सांसद प्रदीप पौडेलले सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने प्रष्ट पार्नुभयो । प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने भएपनि पार्टीको निर्णयपछि आफूहरुले मत दिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डलाई मत दिने विषयले काँग्रेसभित्र असन्तुष्टि चुलिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);