फ्रान्सका प्राविधिकले बनाए राहदानीको सर्भर, सेवा पूर्णरुपमा सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फ्रान्सका प्राविधिकले बनाए राहदानीको सर्भर, सेवा पूर्णरुपमा सुचारु

rahadani bibhag

काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ ।

विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो ।

लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो ।

समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा देखिएको समस्या हलगरेपछि सेवा सुचारु भएको हो ।

राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँगको बैठकमा निर्देशन दिएका थिए ।

सोही निर्देशनानुसार, राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);