गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकियो

काठमाडौं । भैरहवामा रहेको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने भएको हो ।

भारतले जहाजलाई अवतरण गराउने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम जडान गरिएपनि सञ्चालनमा भने असहमती राख्दै आएको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले सिधै काठमाडौं आउन थालेको छ ।

खराब मौसम, हिमपात र अध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउने आइएलएस विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । एरोथाईको विशेष विमानले यसकै आधारमा परीक्षण उडान भरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);