क्यान विवादमा गोकुल बास्कोटाको टीप्पणी– चतुरबहादुरको चतुर्याइॅंले काम गरेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

क्यान विवादमा गोकुल बास्कोटाको टीप्पणी– चतुरबहादुरको चतुर्याइॅंले काम गरेन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले क्यानको विवादलाई लिएर टीप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत क्यानका अध्यक्ष चतुरबहादुर चन्दको चतुर्याइॅंले काम नगरेको टीप्पणी गरेका हुन् ।

‘र,अन्त्यमा टी–ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ। खेलाडीको विजोग,मालीक बेपत्ता बांकी खेल के हुने हो राम भरोसामा । मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें । आज बीसको खेल नौ खेलेर बीट मारेछन्’, बास्कोटाले लेखेका छन् ।

क्यानले आयोजना गरेको नेपाल टी–२० लिगमा आज बिहानको एक खेल ९ विकेटमा झाँरिएको थियो । खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै टस गर्न मानेका थिएनन् । केहि समयमा क्यान र खेलाडीहरुबीच सहमति भएको थियो । साथै, यसै लिगमा कमेन्ट्री गर्दै आएका एक कमेन्टेटरले लिगका खेलहरु ‘फिक्सिङ’ भएको आरोप लगाउँदै लिग छाँडेका छन् । यसपछि क्यान पुनः विवादमा फसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);