काठमाडौं, १० पुस । संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको स्पष्ट पारेको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एक पटक भेट भएपनि सरकार निर्माणबारे छलफल नभएको स्पष्ट पारेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय फोरम पनि सरकारमा सहभागी हुन लागेको बताएका थिए ।
सरकारमा जाने हतारमा दाहालबाट यस्तो अभिव्यक्ति आएको यादवले टिप्पणी गरेका छन् । उनले आफूहरुको माग अनुसार संविधान संशोधन नभए आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको बताए ।