काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको हत्याबारे थप अनुसन्धान गरी चाँडो भन्दा चाँडो रिपोर्ट पेस गर्ने निर्देशन दिएका छन् ।
थप अनुसन्धान गरी सत्यतथ्य रिपोर्ट पेस गर्न मन्त्री लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका हुन् ।
लामिछानेले गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायतसँग छलफल गर्दै चाँडोभन्दा चाँडो रिपोर्ट आउने गरी स्वतन्त्रपुर्वक घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेले कुर्मीको न्यायको लागि धर्नामा बसेकी रुबी खानलाई धर्ना स्थगन गरेर अनुसन्धानलाई सहज बनाइदिन टेलिफोनमार्फत आग्रह गरेका थिए ।




