कोट पाइन्ट छोडेर दौरा सुरुवालमा प्रचण्ड ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

कोट पाइन्ट छोडेर दौरा सुरुवालमा प्रचण्ड ( भिडियो रिपोर्ट )

काठमाडौँ, पौष १२। सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा निकै उत्साह देखिन्थ्यो । उनी केही भावुक पनि देखिए ।

प्रचण्डको भेषभुषा विगतमा भन्दा फरक थियो । उनले नेपाली भादगाउँले टोपी लगाउने गरेको बेला बेलामा देखिएकै थियो । तर, यसपटक दौरा सुरुवालमा शितलनिवास पुगे । यसअघिका दुईवटा शपथमा प्रचण्डले सर्ट, कोट र पाइन्ट लगाएका थिए ।  सार्वजनिक कार्यक्रममा पनि त्यस्तै भेषभुषामा बढी देखिन्थे । प्रचण्डको यसपटकको भेषभुषा भने बिल्कुल फरक थियो । प्रचण्ड मात्र नभएर उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने पनि दौरा सुरुवालमा शपथ लिन पुगेका थिए । शपथमा आसन भने गजबैले मिलाइएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सँगै आसन मिलाइएको थियो । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र माधवकुमार नेपाल पनि सँगै थिए । दुबै बीच बोलचाल भने भएन । शितलनिवासको शपथमा दौरा सुरुवालमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरु पुग्नुलाई अर्थपूर्ण मानिएको छ।

माओवादी अध्यक्ष प्रचण्ड विस्तारै नेपाली भेषभुषा र संस्कृतिप्रति लचिलो बन्दै गएको सन्देश पनि गएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);