नयाँ सरकार गठनसंगै शेयर बजार हरियाली | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

नयाँ सरकार गठनसंगै शेयर बजार हरियाली

काठमाडौं ।   शेयर बजार परिसूचक नेप्से ह्वातै बढेको छ । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको हो ।

शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । शेयर बजारसँगै कारोबार रकम पनि बढेको छ ।

आज दुई सय ५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको हो  ।

आज गुराँस फाइनान्स, रिलायन्स फाइनान्स, धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, अरुण भ्याली हाइड्रो, युनियन हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र समृद्धि फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । भने टेलिकमको शेयर साढे पाँच प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);